काठमाडौं । गोविन्द खत्री र सबिना श्रेष्ठ आईटीएफ तेक्वान्दोको 'वर्ष खेलाडी' घोषित भएका छन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले बुधबार पुरुषतर्फ गोविन्द र महिलातर्फ सबिनालाई वर्ष खेलाडी सम्मानले सम्मानित गरेको छ ।
एपीएफ क्लबका गोविन्दले प्रदेश पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका थिए । सबिनाले मलेसियामा भएको एसियन फ्यासाफिक तेक्वान्दो र सिंगापुरमा भएको अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोमा स्वर्ण जितेकी थिईन् ।
यस्तै आईटीएफले उमेश राजथलालाई वर्ष प्रशिक्षक र विजय श्रेष्ठलाई आउट स्टान्डिङ सम्मानबाट सम्मानित गरेको छ । रोल्पा जिल्लालाई उत्कृष्ट जिल्ला ठहर गर्दै जिल्ला अध्यक्ष बिक्रम बाठा मगरलाई समेत सम्मान गरेको छ ।
आईटीएफले पाँच वटै विधाका खेलाडी तथा प्रशिक्षकहरुलाई जनही १५ हजार नगदले सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीलाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, संघका पदाधिकारीले सम्मान गरेका थिए ।