पोखरामा फुल कन्ट्याक्ट कराते हुने
मंगलबार, साउन २१, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्योकुसिन कान कराते संघको आयोजनामा प्रथम अल नेपाल फुल कन्ट्याक्ट कराते प्रतियोगिता पोखरामा हुने भएको छ ।
प्रतियोगिता भदौ १३ र १४ गते हुने आयोजक संघका महासचिव राजेन्द्र सुवेदीले जनाएका छन् । प्रतियोगितामा पुरुषतर्फ ८ तथा महिलामा ६ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
विभिन्न २० संघ र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) का खेलाडीको सहभागिता रहने महासचिव सुवेदीले जानकारी दिए ।
आयोजक बाहेक प्रत्येक टिमले १ स्पर्धामा १ खेलाडी सहभागी गराउन पाउने प्रावधान छ । आयोजकले भने १ स्पर्धामा २ खेलाडीलाई सहभागी गराउन पाउने छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


