काठमाडौं । नेपाल कराते महासंघले १३ औं सागका लागि टिम कुमुतेतर्फ पहिलो चरणमा ३४ खेलाडी छनोट गरेको छ ।
सातदोबाटोस्थित कराते कभर्डहलमा बिहिबार सम्पन्न छनोटबाट संघले पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट गरेको हो ।
पुरुषतर्फ बिनोश शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, बिनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लब श्रेष्ठ, शेखर श्रेष्ठ, सुशिल पौड्याल र विरबहादुर रनेनी रहेका छन् ।
यस्तै महिला तर्फ विभुषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी गराए ।
पुराना तथा साग पदकधारी खेलाडीहरु अमृता शाक्य, बिनोद शाक्य, बिनोद महर्जन र राम लिम्बुले टिममा पुनः पुनरागमन गरेका छन् ।
करातेको टिम कुमुतेमा पुरुष तर्फ ७ र महिला तर्फ ५ खेलाडीहरुको सहभागिता रहने छ ।
पहिलो चरणमा पुरुषतर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्न बाट बन्चित भए ।
यस्तै महिलातर्फ १० खेलाडी छनोट गर्नु पर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरे पश्चात १० खेलाडीमात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्रि संयोजक कपालीले जानकारी गराए ।