छिरिङले एएसबिसी बक्सिङ च्याम्पियनसिप खेल्ने
सोमबार, १३ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । कुवेतमा आयोजना हुने एएसबिसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा नेपालका छिरिङ वाङ्ग्दि शेर्पाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अगष्ट १ देखि ९ सम्म संचालन हुने च्याम्पियनसिपमा छिरिङले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपका लागि छिरिङ बिगत एक महिनाबाट तयारी गरिरहेका छन् ।
च्याम्पियनसिपका लागि छिरिङसँगै प्रशिक्षक राम चन्द्र थापा मगर र टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य समेत रहेका स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त कुवेत जानेछन् ।
कुवेत जाने नेपाली बक्सिङ टिमलाई सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, संघका अध्यक्ष राम अवालेले लगायतले विदाई गरेका थिए ।








-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)

