नेपालका प्रिन्स दोस्रो चरणमा
बुधबार, ०८ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालका प्रिन्स दाहाल चीनमा जारी एसिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
चीनको सुझौ सहरमा पुरुष एकलको यू–१९ तर्फ प्रिन्सले सिंगापुरका बेन्जामिन लिलाई पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन् । प्रिन्सले लिलाई २१ – १६, २१ – १२ को सोझो सेटमा पराजित गरे ।
अब प्रिन्सले दोस्रो चरणमा चीनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।













-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)