काठमाडौं । नेपालका शुसिल थापा थाईल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
पुरुषको ४९ केजी लाईट फ्लाइट तौल समूहमा सोमबार पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गदै शुसिल क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । शुसिलले पाकिस्तानी बक्सर इर्दलाई दोश्रो राउण्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराए ।
शुसिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि काउण्डमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका शुसिलले उल्लाइलाई एकै राउण्टमा तीन पटक काउण्टको धरापमा पारेका थिए ।
अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्टमा तीन पटक काउण्ट पाए पछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रिले खेल रोक्दै बिपक्षलाई बिजयी गराउने नियम छ ।
नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेको छन् ।