काठमाडौं । थाईल्याण्ड ओपन कराते च्याम्पियनसिपमा पदक विजेता करातेका मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
च्याम्पियनसिपमा रजत जितेका मण्डेकाजीलाई शनिबार 'एट फाउन्डेसन' नामक संस्थाले नगदसहित सम्मानित गरेको हो । सामाजिक क्षेत्रमा कार्यरत फाउन्डेसनले मण्डेकाजीलाई नगद ५ हजारसहित सम्मान गरेको हो ।
कराते खेलको माध्यमबाट नेपाललाई चिनाउँन महत्वपूर्ण योगदान दिएको कारण फाउन्डेसनले उनलाई सम्मान गरेको हो ।
मण्डेकाजीले गत साता सम्पन्न च्याम्पियनसिपमा पुरुष एकल कातामा रजत जितेका थिए । उनि प्लेयर अफ दि टुर्नामेन्ट समेत चुनिएका थिए । च्याम्पियनसिपमा नेपालले १ रजत र २ कास्य जितेको थियो ।
मण्डेकाजीलाई फाउन्डेसनका उपाध्यक्ष बाल सुन्दर श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रममा फाउन्डेसनका सचिब उज्वल श्रेष्ठ, सदस्यहरु प्रबिन श्रेष्ठ,अमर श्रेष्ठ,अमिन श्रेष्ठ, सुन्दर श्रेष्ठ, योगेश श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।