पदक विजेता कराते टोली स्वदेश फिर्ता
बुधबार, साउन १, २०७६खेलपाटी संवाददाता

काठमाडौं । थाईल्याण्ड ओपन कराते च्याम्पियनसिपमा पदक विजेता नेपाली कराते टिम स्वदेश फर्किएका छन् ।
च्याम्पियनसिपमा १ रजत र २ कास्य जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएका हुन् ।
बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालका मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा रजत जितेका थिए । उनि प्लेयर अफ दि टुर्नामेन्ट समेत चुनिएका थिए ।
यस्तै ५ राष्ट्र समावेश महिला टिम कातामा नेपालले कास्य पदक जितेको थियो । त्यस्तै नेपालका दिवस श्रेष्ठले कुमुतेमा कास्य पदक जितेका थिए ।

नेपाली टोलीलाई कराते महासंघका सह अध्यक्ष दावा गुरुङ, सचिव ओम कृष्ण प्रसाई,राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ र गंगाराम महर्जन लगायतले भव्य स्वागत गरेका थिए ।
च्याम्पियनसिपमा नेपालबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


