बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विश्वकपको फाइनलमा अम्पायरको गलत निर्णय !

सोमबार, ३० असार २०७६खेलपाटी संवाददाता
विश्वकपको फाइनलमा अम्पायरको गलत निर्णय !
mustang rice ad

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि घरेलु टोलीले कब्जा जमाएको छ ।

आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले पहिलो पटक उपाधि जितेको थियो । तर, उक्त फाइनलमा अम्पायरले गलत निर्णय गरेको भन्दै यतिबेला आईसीसीको चर्को आलोचना भएको छ ।

लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा पनि खेलले नाटकीय रुप लियो । इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको थियो ।

तर, उक्त खेलमा टर्निङ पोइन्ट थियो खेलको अन्तिम ओभरको चौथो बल । अन्तिम ओभरमा इंग्ल्याण्डलाई जितका लागि १५ रन आवश्यक थियो । पहिलो २ बल डट गरेका ट्रेन्ट बोल्टलाई तेस्रो बलमा बेन स्ट्रोक्सले छक्का प्रहार गरेका थिए ।

चौथो बलमा स्ट्रोक्सले २ रनका लागि दौडिए, भाग्य बस गुप्टिलले रन आउटका लागि फालेको बल स्ट्रोक्सले डाइभ गर्दा ब्याटमा लागेर बल बाउन्ड्री पुगेको थियो ।

स्ट्रोक्सको अन्जानमा बल बाउन्ड्री पुगेको भन्दै अम्पायरले इंग्ल्याण्डलाई चार रन अतिरिक्त दिइएको थियो । जसको कारण इंग्ल्याण्ड खेलमा फर्किएको थियो ।

अहिले त्यहिँ अम्पायरको निर्णयमा ठूलो बहस चलेको छ ।  तर आईसीसीले भने यसबारे आधिकारिक रुपमा केहि बताएको छैन ।

आईसीसीका पूर्व अम्पायर तथा क्रिकेट बिधान बनाउने कमिटिका एक सदस्य सिमोन टौफेलले भने उक्त ६ रनको निर्णय गलत भएको बताएका छन् ।

'यो अम्पायरको गल्ति हो । इंग्ल्याण्डलाई ५ रन मात्र दिनु पर्ने थियो,' सिमोनले भने, 'उनीहरुले (अम्पाएर) ब्याट्सम्यानले पिच क्रस गरिसकेको सोचे तर खेलाडी क्रस हुन बाँकी रहेको रिप्लेमा प्रस्ट देखिन्छ ।'

क्रिकेटको नियम अनुसार त्यो निर्णय गलत देखिएको छ । विधानको धारा १९ दशमलब ८ अनुसार यदि ओभर थ्रोको कारण बलले बाउन्ड्री छोयो भने बिपक्षि टिमलाई पेनाल्टी स्वरुप रन प्रदान गरिन्छ । र, ब्याट्सम्यानले दौड पुरा गरेको रन समेत ब्याट्सम्यानको खातामा हुनेछ ।

यदि फिल्डरले बल फाल्नु अघि दुई ब्याट्सम्यानले क्रिज साटासाट नगरेको खण्डमा रन प्राप्त गर्दैनन् । तर, फाइनलमा स्ट्रोक्स र आदील राशिदले क्रिज साटासाट गरेका थिएनन् । र, नियम अनुसार स्ट्रोक्स स्ट्राइकमा समेत हुने थिएनन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Bajaj Pulsar Motorcycle Ad
नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल