एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन 'प्लेयर अफ दि सिरिज' बनेका छन् ।
न्युजिल्याण्डलाई विश्वकपको उपाधि दिलाउन नसकेपनि विलियम्सन प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् ।
लन्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्ड इंग्ल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । जसको कारण विलियम्सनको टिम उपविजेतामा सिमित भएको थियो ।
यस विश्वकपमा विलियम्सनले ९ खेलमा ५७८ रन बनाए । जसमा उनले २ शतक र २ अर्धशतक बनाएका थिए ।
यस्तै विलियम्सनले एकै विश्वकपमा सर्वाधिक रन जोड्ने कप्तानको कीर्तिमान समेत बनाएका थिए ।
इंग्ल्याण्डविरुद्ध ३० रन जोडेसंगै विलियम्सनले उक्त कीर्तिमान बनाएका हुन् । विलियम्सनले श्रीलंकाका पूर्व कप्तान महेला जयवर्दनेले बनाएको कीर्तिमान भङ्ग गरे ।
जयवर्दनेले सन् २००७ को विश्वकपमा ५४८ रन जोड्दै एकै विश्वकपमा सर्वाधिक रन जोड्ने कप्तानको कीर्तिमान बनाएका थिए ।