काठमाडौं । विशांक रानाले ११ औं राष्ट्रिय गोजुरियो कराते च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा शनिबार स्वर्ण जितेका छन् । विशांकले फाइनलमा सक्षम श्रेष्ठलाई पछि पारे । सुदीप श्रेष्ठ र अमुल लामिछाने तेश्रो भए ।
भानुभक्त मेमोरियल स्कुल र नेपाल गोजुरियो ओसिकाइ कराते संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको जुनियर पुरुष एकल कातामा शुभदीप पाण्डे पहिलो, विवेक आले मगर दोश्रो तथा युनिश गाहा र अमुल लामिछाने तेश्रो स्थानमा रहे ।
सिनियर महिला एकल कातामा देवीका मगरले स्वर्ण, चारु ओझाले रजत तथा नम्रता खड्का र सयुरी श्रेष्ठले कांस्य जिते । पुरुष २५ केजीमा सुदीप अछामी पहिलो भए । उनले फाइनलमा प्रतीक थापालाई पराजित गरे । यश राउत र अमन भुजेल तेश्रो भए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।