काठमाडौं । थाईल्याण्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले एक रजत र एक कास्य पदक जितेको छ ।
बैंककमा शनिबार नेपालका मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा रजत जितेका हुन् । यस स्पर्धामा इन्डोनेसियाका खेलाडीले स्वर्ण जित्दा चीन र थाइल्याण्डका खेलाडीले कास्य जिते ।
यस्तै ५ राष्ट्र समावेश महिला टिम कातामा नेपालले कास्य पदक जितेको छ । यस स्पर्धामा चीनले स्वर्ण, म्यानमारले रजत र ब्रुनाईले पनि कास्य जितेको छ ।
प्रतियोगितामा नेपालबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रवी महर्जन रहेका छन् । यस्तै प्रशिक्षकमा कुशल श्रेष्ठ र गंगाराम महर्जन रहेका छन् ।