बिहिबार, १८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेरी कोमसंग 'रिङ' मा तीन राउण्ड !

बिहिबार, २६ असार २०७६गिता राई
मेरी कोमसंग 'रिङ' मा तीन राउण्ड !
Loading ad...
mustang rice ad

काठमाडौं । विश्व वरियताको शीर्ष स्थानमा रहेकी मेरी कोमसँग तीन राउन्डसम्म बक्सिङको रिङमा टिक्नु नेपाली खेलाडीका लागि सामान्य कुरा होइन ।

यो प्रसङ्ग किन पनि आवश्यक छ भने हामी नेपाली चेली माला राईको चर्चा गर्न गईरहेका छौ ।

३५ वर्षीया माला नेपालकी चर्चित महिला बक्सर हुन् । दोस्रो संस्करणको इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा मालाले भारतकी चर्चित खेलाडी मेरी कोमसंग प्रतिस्पर्धा गरिन् ।

महिला ५१ केजी तौल समूहमा अंंकको आधारमा ५–० ले कोमसँग पराजित भएपनि माला खेलको तीनै राउण्ड रिङमा टिकेकी थिईन् ।

‘कोमसँगको प्रतिस्पर्धा सबैले राम्रो मौका भएको बताएका थिए । केही गरेर देखाए राम्रो अवसर पाउने भनेका थिए । सबैको हौसलाले आत्मविश्वास पलाएको थियो । तर भारतीयले एक राउन्ड पनि टिक्दैन भनेर दाबी गरेका थिए । म सिधै नकआउट हुन्छ भन्ने उनीहरुले सोचेका थिए । नेपालले अर्काे प्रतिस्पर्धी ठिक पारे हुन्छ समेत भनेका थिए ।’ कोमसंग खेल्नु अघिको क्षण माला सम्झिन्छिन् ।

उनले थपिन्, ‘मलाई गुरुहरुले धेरै सहयोग गर्नुभयो । तिमीले देखाउने ठाउँ यहीं हो, राम्रो खेलेर देखाउ भन्नुभएको थियो । मनमा डर त थियाे । मसँग अनुभवको पनि कमी थिएन ।’

मालाको स्वभाव नि उस्तै छ । उनी कहिल्यै हार नमान्ने स्वभावकी खेलाडी हुन् । मनमा अनेकौ कुरा खेलाउँदै उनी रिङमा उत्रिईन् । खेलमा उनी कोमसंग पराजित भईन् । तर तीनै राउण्ड टिकेर भारतीय खेलाडीको अनुमानलाई गलत साबित गरिन् ।

खेल उनले हारिन् । तर कोमसंगको प्रतिस्पर्धापछि उनलाई केही गर्ने आत्मविश्वास बढेको छ । ‘भेरी स्ट्रङ गर्ल, यू क्यान डू बेटर’ खेलपछि कोमले मालालाई भनेकी थिइन् ।

मेरीको प्रतिक्रियाले माला उत्साहित बनिन् । अझ राम्रो अभ्यास गरेर राम्रो खेल्छु भन्ने आत्मविश्वास उनमा पलायो ।
‘नेपाल फर्किएर राम्रो अभ्यास गर्ने सोचेको थिए । तर अवस्था अनुकुल बनेको छैन । तर अभ्यास गरिरहेको छु । फेरी भेट भयो भने राम्रो खेल्छु होला ।’ माला भन्छिन् ।
अनुभवका कारण नेपाली खेलाडीले अन्तराष्ट्रिय स्तरमा राम्रो प्रर्दशन गर्न नसकेको मालाको बुझाई छ ।

‘हामीमा अनुभवको धेरै कमी छ । उनीहरु खेल्नु अघि एक घण्टा जति व्यक्तिगत फिजियोथेरापी गर्छन् । हामी एक कुनामा अलिकति जिउ तन्काउदै बस्न पर्छ ।’ मालाको अनुभव छ, ‘खेल सकिएपछि उनीहरुको अलग्गै एक घण्टाजति मसाज हुन्छ । हाम्रो भने खेल सकिएपछि सबै सक्कियो ।’

‘अलिकति मनमा नराम्रो लाग्दो रहेछ । उनी (मेरी) त्यसरी तयारीका साथ आएकी थिईन् । आफ्नो तयारी भने बिजोग नै देखिन्थ्यो ।’ उनले थपिन्, ‘मेरीलाई रसियन प्रशिक्षकले २ वर्ष प्रशिक्षण गराएको रहेछ । तर हामी एक हप्ता ट्रेनिङ गरेर गएको थियौ ।’

राम्रो ट्रेनिङको अवसर पाए कोमलाई अझ टक्कर दिन सकिने मालालाई लागेको छ ।

‘हामी दुवैसँग अनुभव छ । फरक भनेको उसलाई सुविधाहरु धेरै छ । सरकारले हेरेको छ । हामी जाने र खेल्ने मात्र भएको छ । कोमको जस्तो ट्रेनिङ, सुविधा पाएमा टक्कर दिन सकिन्छ भन्ने लाग्छ ।’ माला भन्छिन् ।

नेपालमै राम्रो प्रशिक्षक भएपनि खुट्टा तान्ने प्रवृतिले राम्रो खेल हुन नसकेको उनले बताईन् ।

‘नेपालमा विदेशी प्रशिक्षक नै चाहिन्छ भन्ने छैन । यहाँका प्रशिक्षक पनि राम्रो हुनुहुन्छ । तर यहाँ आफ्नोलाई च्याप्ने स्वभावले सबै बिग्रिएको हो ।’

सागको तयारीका लागि माला थाईल्याण्ड पुगेकी छिन् । उड्नु अघि उनले भनिन्, एक हप्ता ट्रेनिङ गरेर भारतमा मेरी कोमसँग खेलेको थिए । अब दुई महिना ट्रेनिङ गर्न जान लागेको छु । अबको सागमा त्यसको प्रभाव देखिन्छ भन्ने आशा लिएको छु ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

Loading ad...
xTreme Energy Drink
अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य