काठमाडौं । थाईल्याण्डमा आयोजना हुने थाईल्याण्ड खुल्ला कराते च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली टोलीलाई खेलकुद बिज्ञान प्रतिष्ठानले विदाई गरेको छ ।
आषाढ २५ देखि २९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागि हुन जाने टोलीलाई प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले बिदाई गरे ।
च्याम्पियनसिपमा सहभागि हुन जाने खेलाडीहरुमा विमला नेपाली (ब्यक्तिगत काता), अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बि.क. (काता र कुमिते) रहेका छन् ।
यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि पाण्डे (कुमिते), कुशुम तामाड (कुमिते र काता), हृषभ राज गिरी (जुनियर कुमिते), सूर्य बिक्रम भण्डारी (क्याडेट कुमिते) तथा अश्मिता राई (कुमिते) रहेका छन् ।
टोलीको नेतृत्व खेलकुद बिज्ञान प्रतिष्ठानका उपनिर्देशक तुलसी कुमार महर्जनले गर्ने छन् । प्रशिक्षकमा रामकृष्ण खड्गी रहेका छन् । यस्तै एशियन प्यासिफिक कराते रेफ्रि रविन्द्र मानन्धरले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोलीमा खेलकुद बिज्ञान प्रतिष्ठानकी सहलेखापाल ईरा कार्की पनि रहेकी छिन् । मन्टि कुमार मंडलले ब्यवस्थापकको रुपमा टिममा छन् ।