रणदीपलाई कांस्य
आइतबार, असार २२, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । नेपाली कराते खेलाडी रणदीप गोलेले बीसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा कांस्य जितेका छन् ।
रणदीपले पुरुष एकल कातामा नेपाललाई कांस्य दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आईएमए) का अध्यक्ष समेत रहेका टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार रणदीपले फिलिपिन्स, भारत र मलेसियाका खेलाडीलाई हराएका थिए । मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा रणदीपसहित ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
अजय मगर, कमल दर्जी र सुजन विश्वकर्मा पदकविहीन रहे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


