कांस्य विजेता समिर सम्मानित

काठमाडौं । नेपाल माचुसिमा क्योकुसिन कराते संघले दोश्रो आईकेओ माचुसिमा क्योकसिन कराते एसिया प्यासिफक च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडी समिर खड्गीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
म्यान्मारको याङगुनमा जुन २३ मा भएको उक्त प्रतियोगितामा समिरले कांस्य जितेका थिए । उनले पुरुष ४५ केजीमा प्रतिस्पर्धा गरेका थिए । समिरलाई नगद ५ हजारसहित एक कार्यक्रमबीच सम्मान गरियो ।
सोही अवसरमा प्रतियोगितामा सहभागी अर्का खेलाडी नारायणलाल मोक्तान, टोली प्रमुख नेपाल माचुसिमा क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ राजकुमार गुरुङ, प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका सन्तोष बुढाथोकी, प्रशिक्षक सुमन गजुरेललाई पनि सम्मान गरियो ।
उनीहरुलाई माचुसिमा क्योकुसिनका सल्लाहकार प्रकाशसिंह कार्की, पुष्पसदनका प्रिन्सिपल महेश श्रेष्ठ, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका उपाध्यक्ष शालिकराम कुँवर र महासचिव विष्णुकान्त अर्यालले सम्मान गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


