मनकामनालाई उपाधि
आइतबार, असार २२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । दोश्रो वडा स्तरीय वादोरियो कराते प्रतियोगितामा मनकामना डोजो शनिबार टिम च्याम्पियन बनेको छ । मनकामनाले ११ स्वर्ण, ४ रजत र १५ कांस्य जित्यो ।
सरस्वती डोजो ८ स्वर्ण, ५ रजत र १५ कांस्यसाथ दोश्रो भयो । ५ स्वर्ण, ४ रजत र ६ कांस्य जितेको मेन डोजोले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुषमा मेन डोजोका सविरचन्द्र शाह तथा महिलामा मनकामनाकी सीमा सुनुवार उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई संघीय सांसद पार्वत गुरुङ, नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा २ सय ५० खेलाडी सहभागी थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


