कोहलपुरमा एन्फाको फुटबल प्रशिक्षण केन्द्र बन्ने
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नगरपालिकाका मेयर लुटबहादुर राउतबीच बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि कोहलपुर नगरपालिकाले एन्फालाई २५ बर्षसम्म लागि लिजमा जग्गा उपलब्ध गराउन तयार भएको छ ।















