काठमाडौं । नेपाली ट्राईयाथलन निर्णायक आशिष कुलले अबुधावीमा आयोजना हुने विश्व ट्राईयाथलन सेरिज रेसमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
प्रतियोगितामा निर्णायक बन्न निर्णायक आशिष बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । यससँगै आशिष विश्व स्तरको प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली निर्णायक बनेका छन् । उनी अबुधावी खेलकुद परिषद्को निमन्त्रणमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको आयोजनामा अबुधावीको यास आईल्याण्डमा हुने सिरिज रेस फागुन २२ देखि २४ गते सम्म संचालन हुने छ । त्यस भन्दा अगाडी निर्णायक आशिषले प्रतियोगिताका दौरान आयोजना हुने निर्णायक परिक्षामा सहभागिता जनाउने छन् । निर्णायक आशिषले लेभल वान कोर्ष उत्तीर्ण गरेका छन् ।
त्यसका साथै निर्णायक मुल फागुन ३० देखि चैत्र २ गते सम्म विश्व ट्राईयाथलन युनियनको तत्वावधानमा अष्ट्रेलियामा आयोजना हुने २०२० मुलुलावा आईटियु वल्र्ड कप ट्राईयाथलनमा पनि सहभागी हुने छन् । आशिष दुर्वई बाटनै अष्ट्रेलिया प्रस्थान गर्ने छन् । विश्व ट्राईयाथलन युनियनको क्यालेन्डरमा रहेको यस प्रतियोगिता निकैनै ठुलो प्रतियोगिता रहेको छ ।