काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्वमानार्थ अध्यक्ष टासी घले सहित चार जिल्ला फुटबल सघमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
आईतबार बसेको एन्फा कार्यसमिति बैठकले संघका पदाधिकारीलाई १४ बुँदे आधारहिन बिषयमा मुद्वा तथा टेप काण्ड गरी संघको छबिमा आँच पुर्याउने अनुशासनहीन कार्य गरेको भन्दै पुर्व मानार्थ अध्यक्ष सहित चार जिल्ला संघका अध्यक्षमाथि कारबाही थाल्ने निर्णय गरेको हो ।
चार जिल्ला फुटबल संघले कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाभित्र चरम भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय सहित सरोकारवाला सबै निकायमा उजुरी गरेका थिए । उनीहरुले एन्फाभित्र चरम आर्थिक अनियमितता भएको दाबी गर्दै अनुसन्धानका लागि अख्तियार सहितका निकायलाई गुहारेका थिए ।
तर अख्तियारले भ्रष्टाचारको मुद्वामा अनुसन्धान गर्दै एन्फालाई सफाई दिएको थियो ।
यस्तै, पुर्व मानार्थ अध्यक्ष टासी घलेले एन्फा निर्वाचनमा आर्थिक लेनदेन भएको दाबी सहित टेप सार्वजनीक गरेका थिए । लगत्तै एन्फाले मानार्थ अध्यक्षको पदबाट घलेलाई हटाउने निर्णय गरेको थियो । घले एन्फा निर्णयबिरुद्व अदालतमा मुद्वा दायर गरेका थिए । तर अदालतले समेत घले अनुकुल आदेश दिन अस्विकार गरेको थियो ।
अदालतको पछिल्लो निर्णयसंगै एन्फाले आफै घटनाको अनुसन्धान गरेर कारबाही थाल्ने निर्णय गरेको हो ।
'अख्तियार र अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्वामा एन्फाले छानविन गर्न मिल्दैन थियो ।' एन्फाका एक पदाधिकारीले भने, 'अब अख्तियार र अदालतको निर्णयले सबै आरोपलाई झुट सावित गरेको छ । सोही कारण एन्फा आफैले अनुसन्धान गर्न अनुशासन कमिटिलाई निर्देशन दिएको छ ।
उनका अनुसार अख्तियार, अदालतबाट घटनाको बिषयमा अनुसन्धान र निर्णय आएसंगै संघले आफै अनुसन्धान गरेर पुर्व मानार्थ अध्यक्ष सहित चार जिल्ला संघलाई कारबाहिको तयारी थालेको हो ।'
घटनाले संघ र संघका पदाधिकारीको छविमा आँच पुर्याएको एन्फाको ठहर छ ।
एन्फाले विभिन्न निकायमा उजुरी दिने काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराट जंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा र पुर्व मानार्थ अध्यक्ष टासी घलेले अनुशासनहीन कार्य गरेको आरोप लगाएको छ ।
यस्तै, एन्फा कार्यसमिति बैठकले गरेका निर्णय यस प्रकारको छ –