बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद विधेयक – एक पदमा दुई कार्यकाल मात्र

सोमबार, २७ माघ २०७६हिम बिक्रम केसी
खेलकुद विधेयक – एक पदमा दुई कार्यकाल मात्र

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिकाे बैठक । फाइल फाेटाे

Loading ad...
mustang rice ad

काठमाडौं । खेलकुद संघका पदाधिकारी कुनै एक पदमा दुई कार्यकाल मात्र रहने पाउने गरि संसदीय समितिले राष्ट्रिय खेलकुद विधेयक विकास विधेयकमाथिको औपचारिक छलफल सकाएको छ ।

विधेयकमा मिल्न बाँकी रहेको बिषयमा सोमबार सहमती जुटाउँदै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकलाई सहमतीका साथ पारित गरेको हो ।

संसदीय समितिमा छलफलको क्रममा रहेको विधेयकमा खेलकुद सघका पदाधिकारी र खेलाडीको मान्यताको बिषयमा सांसदहरुको मत विभाजित थियो ।

खेलकुद संघमा केही सिमित ब्यक्तिको सिन्डिकेट तोड्न कार्यकाल तोकेर जानुपर्ने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अडान राख्दै आएका थिए । सोही अनुसारको व्यवस्था विधेयकमा राखिएको थियो ।

तर ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेको सत्तारुढ दल नेकपाका सांसद जिवनराम श्रेष्ठ सहितका केही सांसदले ओलम्पिकको चार्टर अनुसार संघको स्वयत्तता हनन हुने जिकिर गर्दै कार्यकाल तोक्न नमिल्ने धारणा राख्दै आएका थिए ।

संसदीय समितिले एक ब्यक्ति कुनै पदमा दुई पटक भन्दा बढी निर्वाचित हुने नमिल्ने व्यवस्था सहितको विधान बनाउन संघहरुले सक्ने भाषा सहितको विधेयक पारित गरेको छ ।

‘सिधै कार्यकाल तोक्दा बाध्यकारी जस्तो देखिने भएकाले संघहरुलाई विधानमै दुई पटक भन्दा बढी समय एकै पदमा निर्वाचित हुन नमिल्ने व्यवस्था सहितको विधान संघहरुले बनाउन सक्ने व्यवस्था विधेयकले गरेको छ ।’ समिति सदस्य खगराज अधिकारीले खेलपाटीसंग भने, ‘विधेयकमै उल्लेख गरेपछि खेल संघले विधानमै कार्यकालको बिषय उल्लेख गर्नुपर्नेछ ।’

विधेयकमा जुटेको सहमती अनुसार खेलकुद संघमा एकै ब्यक्ति कुनै पदमा दुई कार्यकाल भन्दा बढी समय निर्वाचित हुन नसक्ने अधिकारीले उल्लेख गरेका छन् ।

यस्तै, बैठकले राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको परिभाषामा समेत सहमती जुटाएको छ ।

समितिका अनुसार ओलम्पिक, एसियन गेम्स, साग र सम्बन्धित संघको अन्तराष्ट्रिय संस्थाले आयोजना गरेको प्रतियोगिता खेलेको खेलाडीले अन्तराष्ट्रिय खेलाडीको मान्यता पाउनेछ । यस्तै, विभिन्न छनोट प्रतियोगिता खेलेर राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको खेलाडीले राष्ट्रिय खेलाडीको मान्यता दिन सांसदहरु तयार भएका छन् ।

सरकारले पेश गरेको विधेयकमा सहभागीता मात्र नभएर पदक विजेता खेलाडीलाई मात्र राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने व्यवस्था गरिएको छ ।

समितिले छलफलकै क्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपको गठन, सदस्य सचिवको अधिकार, नियुक्ती प्रक्रिया, मापदण्ड लगायतका बिषयमा सहमती जुटाएको थियो ।

यस्तै, ओलम्पिक कमिटिको मान्यता, राष्ट्रिय खेलको टुङ्गो, खेलकुद संघका पदाधिकारीको योग्यता, परिषद्का कर्मचारी संघमा बस्न नपाउने व्यवस्था सहितको विधेयकमा यसअघिनै सहमती जुटाईसकेको छ ।

समितिबाट पारित विधेयकलाई सरकारले चालू संसद अधिवेशनमा पेश गर्ने तयारी गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो