बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

शनिबार, १४ भाद्र २०८२खेलपाटी संवाददाता
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन पावर लिफ्टिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शनिबार सम्मानित गरिएको छ । 

नेपाल युथ फिटनेस एन्ड केलिस्थेनिक्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

साउन ३० देखि भदौं १ गतेसम्म काठमाडौंमा भएको एसियन पावर लिफ्टिङ च्याम्पियनसिपमा एसियाली देशका १ सय २० भन्दा बढी खेलाडी सहभागी थिए ।

पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल युथ फिटनेश एन्ड केलिस्थेनिक्सका प्रमुख सुकदेव कार्कीले सम्मान पत्र र नगद सहित सम्मान गरेका थिए ।

प्रतियोगितामा नेपालको तर्फबाट लक्ष्मी महर्जन, रुबि श्रेष्ठ, रोमिका न्यौपाने, कल्पना खत्री, पुनम चौधरी, झरना योञ्जन, किरण सुवाल, दिकेश शिखाकार, निमेश चुकान, सबिता हान्जु, प्रमिका विष्ट, पुनम बोमजन, जितेन्द्र शाह, बालकृष्ण तन्डुकार, बिकेन जोशीले पदक जित्न सफल भएका थिए । 

यस्तै, अंकित योन्जन, अल्बिना राजथला, महिमा सिन्तान, भेषकुमारी असलामी, बिशाल श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, साहिन रञ्जित, रविन राई, मानुकला राई, सर्मिला शाह, दिपेश बोहोरा, दिपेश शैजु, राजिव खड्का, आकृत बाँनिया, ज्ञानेन्द्र राज पाण्डे, राजिव श्रेष्ठ, आरोन लामा, रमेश श्रेष्ठ, ज्ञानरत्न शाही, ओजास जोशी, अर्जुन श्रेष्ठ, प्रसिद्ध शाक्य, उमेश भट्ट, उज्वल मानन्धर, देवकी खड्का, सावित्रा श्रेष्ठ, उत्कर्ष श्रेष्ठ, सुजित अवाले, मनोज श्रेष्ठ, आदेश श्रेष्ठ सम्मानित भएका थिए ।

एन्टी डोपिङ परिक्षण गरेर नीजि क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय प्रतियोगिताको सञ्चालन सफलतापूर्वक सम्पन्न गर्न सकिएको आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले बताए । नेपालको आयोजनाबाट अन्तराष्ट्रिय सहभागी समेत प्रभावित भएको उल्लेख गर्दै उनले नेपाली प्राविधिक टिमलाई अन्तराष्ट्रिय प्रतियोगितामा समेत अवसर सिर्जना गर्न सकिएको उल्लेख गरे ।

राखेप सदस्य सचिव घिसिङले नेपालको पावरलिफ्टिङको संस्थागत विकासमा आफु गम्भिर रहेको बताउँदै नन वेट लिफ्टिङ खेलहरुको महासंघ बनाउने विषयमा आफुले योजना बनाएको बताए । कार्यक्रममा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी