लामो समयदेखि नेपाली फुटबलमा योगदान पु¥याएको भन्दै संघको सल्लाहकारमा नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले बताए ।
पदकको आश गरिएको मार्सल आर्ट लगायतका खेलमा आएको खराब नतिजामा आफुबाट कमजोरी रहेको स्विकार गर्दै उनले पराजयको सम्पुर्ण जिम्मेवारी लिने बताएका हुन् ।
सोमबार खेलकुद मन्त्री जगत विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र युएनडीपीका राष्ट्रिय निर्देशक रेनो मेयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्याराग्लाइडिङको पुरुष टिमले क्रस कन्ट्री इभेन्ट्समा नेपाललाई एक रजत दिलाउन सफल भयो । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेको नेपाली टोलीले रजत दिलाएका थिए ।
नेपालले एसियन गेम्सको १३ औं दिन पदक जित्न नसके पनि नेपालले पदक तालिकामा आफ्नो स्थान कायम राख्यो ।
कलेजले सञ्चालन गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगितामा तीन खेलाडी उत्कृष्ट बन्दै ट्रफी जित्न सफल भएका हुन् ।
आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले अघिल्ला ९ दिन झैँ सुन्य पदकको यात्रा कायम राख्यो ।
मुख्यत सोमबार नेपालले पदक जित्ने खेलमा रहेको दुई खेलको चुनौती नै सकियो । कराते र बक्सिङमा नेपालले पदक जित्ने आश गरेको थियो । तर, दुवै खेलका खेलाडीले देशको लागि पदक जित्न सकेनन् ।
एसियन गेम्समा नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ७८ स्वर्णसहित कुल १७४ पदक जितेको छ ।