काठमाडौं । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल धावक हरि बहादुर रोकायालाई कीर्तिमय राष्ट्रदीपद्धारा विभूषित गरिएको छ ।
लामो समय राष्ट्रकालागि दौडिएर नेपाललाई विश्वभर चिनाउन योगदान गरेबापत ५७ बर्षिया धावक रोकायालाई कीर्तिमय राष्ट्रदीप सहित सम्मान गरिएको हो ।
उनले खेल जीवनमा दुई दर्जन बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जितेका छन् । १३ वटा राष्ट्रिय खेलमा लगातार स्वर्ण जितेका रोकाया दुई पटक वल्र्ड च्याम्पियन भएका थिए ।
२७ बर्षसम्म उनले देशलाई प्रतिनिधित्व गर्दै धेरै देशमा नेपाली झण्डा फर्फराउने काम गरे ।
रोकायाको सोही योगदानको कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरेकी हुन् ।
जुम्लावाट शुरु भएको रोकायाको यात्रा राष्ट्रिय स्तरदेखि अन्तराष्ट्रियस्तर सम्म फैलिएको छ ।
भर्खरै मात्र विरामी परेका रोकाया अहिले तंग्रिने अवस्थामा छन् ।