मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

मंगलबार, २२ बैशाख २०८३खेलपाटी संवाददाता
गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला
Loading ad...
mustang rice ad

काठमाडौं। गुल्शनकुमार झाको कसिलो बलिङसँगै आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानसँग बदला पूरा गरेको छ।

मंगलबार सम्पन्न खेलमा नेपालले ८१ रनको विशाल जित निकालेको हो। यो जितसँगै पहिलो खेलमा बेहोरेको १०२ रनको (डीएलएस मेथड)को समेत नेपालले बदला लिएको छ।

जितसँगै नेपालले २४ खेलबाट १८ अंक पुर्‍याएको छ। यद्यपि, नेपाल सातौं स्थानमा यथावत् छ। चार खेल बढी खेलेको ओमान भने ३१ अंकसहित तेस्रो स्थानमा यथावत् छ।

नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमानले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १७५ रन बनाएको हो।

ओमानका विनायक सुकलाले सर्वाधिक ३६ रन बनाए। ४१ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। हम्माद मिर्जा ३४, हसनैन उल वहाब २९, हसनैन शाह १४ रनमा आउट हुँदा नदीम खान र जतिन्दर सिंहले समान १२ रनको योगदान दिए।

नेपालका गुल्शनकुमार झाले सर्वाधिक ५ विके६ लिए। ९ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए।

करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले अन्तिम २ बल बाँकी रहँदा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए। ९७ बल खेलेका उनले ७ चौका प्रहार गरे। उनी र अर्जुन कुमालले दोस्रो विकेटका लागि १२३ रनको विशाल साझेदारी गरेका थिए।

अर्जुनले भने ८७ बलमा ४ चौकासहित ४८ रन बनाए। दीपेन्द्रसिंह ऐरी ३३ र गुल्शनकुमार झा १७ रनमा आउट हुँदा आरिफ शेखले अन्तिममा आएर आक्रमक इनिङ्स खेले।

उनले २४ बलमा १ चौका र ४ छक्कासहित ४३ रन बनाए। ओमानका नदीम खानले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४१ रन खर्चिए।

शकिल अहमेद र हशन शाहले समान २ विकेट राखे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त