बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्सको ११ औं दिन : पदकको आश मै अल्झियो नेपाल

मंगलबार, १२ भाद्र २०७५खेलपाटी संवाददाता
एसियन गेम्सको ११ औं दिन : पदकको आश मै अल्झियो नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत एघारौं दिन मंगलबार नेपालले कुनै चमत्कार गर्न सकेन् । आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले अघिल्ला ९ दिन झैँ सुन्य पदकको यात्रा कायम राख्यो ।

नेपालले मंगलबार पाएको ठुलो सफलतामा प्याराग्लाइडिङमा चौथो चरण सकिदा दोस्रो हुनु रह्यो ।  नेपालले बुधबार अन्तिम चरणको प्रतिस्पर्धा गर्नेछ । उक्त चरण उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले पहिलो पदक जित्नेछ ।

यस्तै मंगलबार नेपाली पुरुष भलिबल टोलीले मंगोलियालाई हरायो । यसबाहेक अन्य खेलमा नेपालको प्रदर्शन उच्च हुन सकेन । आजबाट कुराँसमा नेपालको चुनौती सकियो ।

नेपाल पदकको प्रतिक्षामा  रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ९७ स्वर्णसहित कुल  २०६ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ४३ स्वर्णसहित कुल १४२ पदक जितेको छ । ३२ स्वर्णसहित कुल ११८ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।

नेपालको ११ औं दिन कस्तो रह्यो ?

कुराँस :

कुराँसमा नेपालको चुनौती समाप्त भएको छ । पुरुष ६६ केजीमुनिको अन्तिम ३२ को खेलमा नेपालका उपेन्द्र थापाले पाकिस्तानका खेलाडीलाई १–० ले पराजित गरे । प्रिक्वाटरफाइनलमा भने उपेन्द्र उज्वेकिस्तानका खेलाडीसंग १०–० ले हारे ।

महिलाको ५२ केजीमुनिको पहिलो चरणमा नेपालकी भगवती माझी चाइनिज ताइपेईंकी खेलाडीसंग १०–० ले पराजित भइन् ।

सेपाकताक्रो :

सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपाल भियतनामसंग २–० ले पराजित भयो । पुरुष रेगु स्पर्धामा भने नेपालको चुनौती समाप्त भएको छ ।

स्केटबोर्ड :

स्केटबोर्डको पुरुष स्ट्रिट स्पर्धामा नेपालका नेरिश थापा १५ औं भएका छन् । १८ खेलाडी सहभागी पहिलो चरणमा नेरिश १५ औं भएका हुन् ।

प्लाराग्लाइडिङ :

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोश्रो स्थानमा उक्लिएको छ । नेपालको कुल २७ सय ९८ अंक छ ।

पहिलो स्थानमा रहेको जापानको ३२ सय ९८ अंक पुगेको छ । २१ सय ९२ अंकमा दक्षिण कोरिया तेश्रो स्थानमा छ ।

सोही स्पर्धाको महिलामा नेपाल छैटौं स्थानमा छ । नेपालको २ सय १६ अंक छ । दक्षिण कोरिया पहिलो, जापान दोश्रो र आयोजक इन्डोनेसिया तेश्रो स्थानमा छन् ।

स्क्वास :

नेपालले पुरुष टिम इभेन्टमा जापानसंग ३–० ले पराजित भएको छ । यसअद्धि नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग पनि ३–० ले पछि परेको थियो ।

एथलेटिक्स :

नेपालकी विश्वरुपा बुढाले १५ खेलाडी सहभागी महिला ५ हजार मिटर दौडमा १३ औं स्थान हासिल गरिन् । विश्वरुपाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरिन् ।

भलिबल :

पुरुष भलिबलको १२ देखि १८ औं स्थानको वरीयता निर्धारण गर्न भएको प्रतिस्पर्धामा नेपालले मंगोलियालाई २६–२८, २५–१६, ३०–२८ र २५–१९ को सेटमा पराजित गर्यो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए