काठमाडौं । तेश्रो संस्करणको जिल्लाब्यापी मिष्टर काठमाण्डौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मिस्टर काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता आज सुरु हुदैछ ।
काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिता २ दिन सम्म चल्नेछ । करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी भैईसकेको छ ।
प्रतियोगिताको पहिलो दिन आज १२ बजेबाट नक्साल ब्याङ्कवेटमा प्रिजजिङ्ग चरण र दोश्रो दिन शनिबार राष्ट्रिय नाच घरमा २ बजेबाट फाईनल चरणको प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा तेश्रो मिस्टर काठमाण्डौ प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको पहिलो दिन आज प्रिजजिङ्ग राउण्डबाट प्रत्येक वजन समूहका खेलाडीबिच प्रतिस्पर्धा गराई ५ जना खेलाडीलाई फाईनल चरणमा छनौट गरिने छ । जसमा पहिलो दोश्रो तथा तेश्रो हुने खेलाडीलाई पदक प्रमाण पत्रका साथै नगद १०, ५ र ३ हजार क्रमश प्रदान गरिने छ । यस्तै चौथो तथा पाँचौले ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै, महिला एथलेटिक्स फिजिक्स तथा २१ बर्ष मुनिका खेलाडीबीच हुने जुनियर मिस्टर काठमाण्डौको समेत प्रिजजिङ्ग राउण्डबाट ५ जना खेलाडी दोश्रो दिन फाईनल चरणकोलागि छनोट गरिने छ ।
फाईनलमा प्रत्येक तौल समूहबाट पहिलो दोश्रो र तेश्रो हुने खेलाडीलाई नगद ३०, १५ र ५ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । चौथो तथा पाँचौलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ ।
करीव ७ सय खेलाडीको सहभागिता रहने प्रतियोगितामा सिनियरतर्फका प्रत्येक वजन समूहका पहिलो हुने खेलाडीबीच पुन प्रतिस्पर्धा गराएर समग्रमा पहिलो हुने खेलाडीलाई ‘मिष्टर काठमाण्डौ’को उपाधी प्रदान गरिनेछ । उपाधिसंगै मिष्टर नेपालले १ लाख नगद, ट्रफी र ब्यानेट प्राप्त गर्नेछ । प्रतियोगिताको अनुमानित बजेट करिब १४ लाख राखिएको छ ।