जयस्नु र अर्नवलाई स्वर्ण
कीर्तिपुरका जयस्नु महर्जन र काठमाडौं महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसमा सोमबार स्वर्ण जितेका छन् । ब्वाइज सिंगल्सको यु–१६ मा जयस्नु र यु–१४ मा अर्नव पहिलो भएका हुन् ।
कीर्तिपुरका जयस्नु महर्जन र काठमाडौं महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसमा सोमबार स्वर्ण जितेका छन् । ब्वाइज सिंगल्सको यु–१६ मा जयस्नु र यु–१४ मा अर्नव पहिलो भएका हुन् ।
गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
दक्षिण एसिया क्षेत्रीय युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि सुरु हुने भएको छ। एसियन टेबल टेनिस युनियन (एटिटियु)को वार्षिक कार्यक्रम अनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन्।
क्यानन कलेजका हिमाल विष्ट र रिड मोडेलकी सुस्मिता खड्काले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
प्राइम ग्लोबलकी प्राज्ना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१२ गर्ल्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन्।
आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् ।
एभिएम स्कुलकी एन्जेला क्षत्रीले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको पहिले स्वर्णपदक जितेकी छन्। उनले फाइनलमा आफ्नै स्कुलकी प्रतिद्वन्द्वी काव्य शाक्यलाई मंगलबार पराजित गर्दै स्वर्ण जितेकी हुन्।
रेड टायल्स प्रालिको आयोजनामा नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।