काठमाडौं। क्यानन कलेजका हिमाल विष्ट र रिड मोडेलकी सुस्मिता खड्काले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्। कलेजतर्फ सिंगल्सको पुरुषमा हिमाल र महिलामा सुस्मिता पहिलो भएका हुन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा हिमालले गण्डकी विश्वविद्यालयका गनन्जय दाहाललाई ११–४, ११–७ र १३–११ को सोझो सेटमा पराजित गरे। सिड एकेडेमीका प्रवेश बस्नेत र गोल्डेनगेटका सुजन गडाल तेस्रो भए।
रेड टाइल्सद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स फाइनलमा सुस्मिताले एभिएमकी इभाना थापालाई ११–९, ११–६, ५–११ र ११–९ को सेटमा हराइन्। एभिएमका वियंका राई र आश्मा पहरी तेस्रो बने।