काठमाडौं। राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन्।
टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रवीन्द्र शाक्य, हरिप्रसाद खरेल र राम महर्जन सम्मिलित टोलीलाई २–१ ले पराजित गरे।
इन्टरटेन्मेन्ट टेबलटेनिस टुर्नामेन्ट, ललितपुरद्वारा आयोजित प्रतियोगितामा किरण ब्यञ्जन्कार, डिकेन महर्जन र चिरीकाजी ब्यञ्जन्कार तेस्रो भए।
पहिलो हुनेलाई थाइल्यान्डको ५ दिनको पूरा प्याकेज, दोस्रोलाई पोखराको ३ दिनको पूरा प्योकज र तेस्रोलाई होनर एक्स ५ मोबाइल पुरस्कारस्वरूप प्रदान गरिएको थियो।
नख्खुस्थित बुल्स क्लबमा भएको एक दिने प्रतियोगितामा ४४ समूह १ सय ३२ खेलाडी सहभागी थिए। एक टिममा पुरुष/महिला समावेश हुन पाउने गरी ३ खेलाडी राख्न पाउने प्रावधान थियो। टिममा ३ डबल्स खेल भएका थिए।