पोखरामा माछापुच्छ्रे ओपन भेट्रान्स टेनिस हुने
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष सिंगल्स÷डबल्स, महिला सिंगल्स÷डबल्स तथा ३५, ४५, ५५ बर्षमाथि पुरुष सिंगल्स÷डबल्स र ६५ बर्षमाथि पुरुष सिंगल्स गरी ११ इभेन्टमा प्रतिस्पर्धा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।












