नारायण क्षेत्री ।
पोखरा । आइटिएफ वर्ल्ड जुनियर टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत गर्ल्स सिंगल्स तर्फको उपाधि नेपालकी सलोनी तामाङले जितेकी छन् ।
सर्किट–१ की उपाधि विजेता समेत रहेकी तामाङले फाइनलमा सर्भानी श्रेष्ठलाई २–१ को सेटमा पराजित गर्दै जित हासिल गरेकी हुन् । सर्भानीले भने उपाविजेतामा नै चित्त बुझाउन बाध्य भइन् ।
त्यस्तै ब्वाइज सिंगल्स तर्फको उपाधि हंगेरीका लोरान्ट ग्योरीले जिते । स्विडेनका इमिलियो जियोलोस्कीलाई सोझो सेटमा पराजित गर्दै उनले उपाधि जितेका हुन् ।
उनले ६–३, ७–५ ले खेल जित्दै इमिलियोलाई उपविजेता मै सिमित बनाए ।
ब्वाइज डवल्स तर्फ भने भारतीय दक्षप्रसाद र कविर छावरियाको जोडीले जितेको छ । सो जोडीले अमेरिकाका मिथर व्यारोट र सिदार्थ लामाको जोडीलाई ७–६, १–६, १२–१० ले पराजित गरेको हो ।
त्यस्तै गल्र्स डवल्सको उपाधि भारतीय जोडी नियाती कुक्रेती र हाना नागरपालले जितेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा, उपाध्यक्ष विनोद कायस्थ, सशस्त्र प्रहरीबल कालिका गणका प्रमुख एसपी जनक बस्नेत, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बानिँया, पोखरा महानगर खेलकुदका अध्यक्ष दीपकबहादुर गोदार, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङ, निवर्तमान अध्यक्ष दोर्जे लामा, सचिव नविन श्रेष्ठ लगायतले विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण वितरण गरे ।
कार्यक्रममा टेनिस खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै हेमबहादुर लामालाई सम्मान गरिएको थियो । पोखरा रंगाशालास्थ्ति टेनिस कोटमा भएको प्रतियोगितामा नेपाल सहित ११ राष्ट्रका ८८ गल्र्स-व्याइज खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पहिलो सकिर्टमा ८९ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।