काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच २०२१ आइटिएफ विश्व च्याम्पियन घोषित भएका छन् ।
यससँगै उनी सातौ पटक विश्व च्याम्पियन बन्न सफल भएका छन् ।
महिलातर्फ एस बार्टी च्याम्पियन घोषित भएकी हुन् । उनी दोस्रो पटक विश्व च्याम्पियन घोषित भएकी हुन् ।
३४ वर्षीय सर्वियाका जोकोभिचले पेटे साम्प्रसको कीर्तिमानलाई पछि पारेका छन् ।
साम्प्रस ६ पटक विश्व च्याम्पियन भएका थिए ।
जोकोभिचले सन् २०२१ मा अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि हात पारेका थिए । तर उनले टोकियो ओलम्पिकस र युएस ओपनको फाइनलमा भने पराजय भोगे ।
यता अष्ट्रेलियाकी २५ वर्षीया विश्व नम्बर एक बार्टीले यस वर्ष विम्बल्डनको उपाधि जितिन भने ओलम्पिक्समा मिक्सड डबलतर्फ रजत पदक हात पारिन् ।
उनले यस अघि सन् २०१९ मा विश्व च्याम्पियनको उपाधि हात पारेकी थिइन् ।