काठमाडौं । स्पेनिस टेनिस स्तर राफायल नाडाललाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
२० पटकको ग्रान्डस्लाम विजेता नाडालले सोमबार सामाजिक संजालबाट आफुलाई कोभिड-१९ को संक्रमण भएको जनाएका छन् ।
आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएका नाडाललाई कोरोनाको संक्रमण देखिएको हो ।
च्याम्पियनसिपको सेमिफाइनलमा नाडाल बेलायती खेलाडी एन्डी मुर्रेसँग पराजित भएका थिए ।
कोभिडको संक्रमण देखिएपछि ३५ वर्षीय नाडाल सेल्फ आईसोलेसनमा बसेका छन् ।