काठमाडौं । सन् २०२१ किशोर टेनिस खेलाडी इमा राडुकानुका लागि गज्ज्ब नै रह्यो, नतिजा उनी यो वर्षको बीबीसी वर्ष खेल व्यक्तित्व छानिएकी छिन् ।
भर्खर १८ वर्ष लागेकी राडुकानुले अविश्वसनीय रूपमा यूएस ओपन जितेकी थिइन् ।
विश्व खेल इतिहसमा यसलाई अहिलेसम्मकै सबैभन्दा अप्रत्यासित उपलब्धीमध्ये एक मानिन्छ । कुनै पनि ग्रान्ड स्लाममा डेब्यु गर्ने क्रममा राडुकानुले यूएस ओपन जितेकी थिइन् ।
यससँगै महिला ग्रान्ड स्लाम उपाधिका लागि बेलायतको ४४ वर्ष लामो प्रतीक्षा सकिएको थियो ।
राडुकानुको चयन सार्वजनिक मतको आधारमा भएको थियो र उनले त्यस होडमा टम डेली र एडम पेटीलाई पछाडि छाडिन् ।
बीबीसी वर्ष खेल व्यक्तित्व चुनिएपछि राडुकानुले भनेकी छिन्, ‘यो अवार्डका लागि प्रत्यासी हुनु नै ठूलो, त्यसमाथि उपाधि नै जित्नु झन ठूलो । मेरो त खुसीको सीमा नै छैन् ।’