नारायण क्षेत्री
पोखरा । १८ औं माछापुच्छ्रे पोखरा ओपन÷भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि १५ गते सम्म आयोजना हुने भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष सिंगल्स÷डबल्स, महिला सिंगल्स÷डबल्स तथा ३५, ४५, ५५ बर्षमाथि पुरुष सिंगल्स÷डबल्स र ६५ बर्षमाथि पुरुष सिंगल्स गरी ११ इभेन्टमा प्रतिस्पर्धा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
ओपन तर्फ पुरुष तथा महिला सिंगल्स विजेताले ८० हजार र उपविजेताले ४० हजार सहित ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै पुरुष तथा महिला डबल्स विजेताले ३० हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । ३५ बर्ष माथिका सिंगल्स बिजेताले ६० हजार र उपविजेताले ३० हजार सहित ट्रफि प्राप्त गर्नेछन् भने डबल्स बिजेता खेलाडीले २० हजार र उपविजेताले १० हजार सहित ट्रफि प्राप्त गर्नेछन् ।
४५ बर्ष माथिका सिंगल्स विजेताले ४० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछन् भने डबल्स विजेता खेलाडीले २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै ५५ बर्ष माथिका सिंगल्स विजेताले ३० हजार र उपविजेताले १५ हजार तथा डबल्स विजेता खेलाडीले २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछन् । ६५ बर्ष माथिका सिंगल्स विजेताले १५ हजार तथा उपविजेताले १० हजार सहित ट्रफि प्राप्त गर्ने प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा कास्की सहित काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, वुटबलका साथै विदेशी खेलाडीहरुको समेत सहभागिता रहने प्रतियोगितामा झण्डै १ सय ३० खेलाडीले भाग लिने टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताए । पुरुष सिंगलतर्फ १२ जना, महिला सिंगलतर्फ ७ , ३५ वर्ष माथिको सिंगल्सतर्फ २१ तथा डवल्सतर्फ १३ टिम, ४५ वर्ष माथिको सिंगल्सतर्फ ३२ जना तथा डवल्सतर्फ २१ टिम, ५५ वर्ष माथिको एकलमा १५ जना तथा डवल्समा १३ टिम, ६५ वर्ष माथिको सिंगल्समा ८ जनाले भाग लिने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष लोक बहादुर गुरुङले टेनिस खेलले पोखराको पर्यटन पवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न १३ लाख ५० हजार खर्च लाग्ने आयोजकको भनाई छ । प्रतियोगिताको मुख्य प्रायोजकमा माछापुच्छे्र बैंक लिमिटेड रहेको छ ।