पहिलो हाफमा वेल्स र इरानको बराबरी
अहमद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा वेल्स र इरानले गोलरहित बराबरी खेलेका छन् ।
अहमद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा वेल्स र इरानले गोलरहित बराबरी खेलेका छन् ।
इंग्ल्यान्डले अल बायत स्टेडियममा अमेरिकाको समान गर्नेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ए' मा रहेका दुई टोलीबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।
कतारले दोस्रो खेलमा अफ्रिकी राष्ट्र सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह 'बी' मा रहेको वेल्स र इरानबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह 'ए' र समूह 'बी' का दुई दुई खेलहरु हुनेछन् ।
लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।
लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र सर्बियाले गोलरहित बराबरी खेलेका छन् ।
स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो ।
कतारमा जारी विश्वकप अन्तर्गत अहिले जारी घानाविरुद्धको खेलमा पेनाल्टीबाट गोल गरेपछि रोनाल्डोले फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र घानाले गोलरहित बराबरी खेलेका छन् ।
एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।