काठमाडौं । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।
लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो । ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे ।
खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।
जितसँगै समूह 'जी' को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ ।
ब्राजिल शीर्ष स्थानमा रहेको छ ।
सर्बिया अंक विहीन रहदै पुछारमा रहेको छ ।