पहिलो हाफमा उरुग्वे र दक्षिण कोरियाको बराबरी
एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्।
एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्।
अल जानुब स्टेडियममा बिहीबार क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो ।
अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्ड र क्यामरुनले गोलरहित बराबरी खेलेका छन् ।
ब्राजिलले आज बिहीबार राति सर्बियासँग खेल्दै कतार विश्वकपको यात्रा सुरु गर्दैछ । समूह 'जी' मा रहेको ब्राजिलले लुसाइल स्टेडियममा सर्बियाको सामना गर्नेछ ।
समूह 'एच' मा रहेको पोर्चुगलले स्टेडियम ९७४ मा घानाको सामना गर्नेछ । पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
स्विट्जरल्यान्डले अल जानुब स्टेडियममा अफ्रिकी टोली क्यामरुनको सामना गर्नेछ । समूह 'जी' मा रहेको दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकपमा बिहीबार समूह 'जी' र समूह 'एच' का दुई दुई खेलहरु हुनेछन् ।
अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो ।
बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले ३-० गोलको अग्रता बनाएको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।