काठमाडौं । युरोपियन राष्ट्र स्विट्जरल्यान्डले कतार विश्वकपमा आज बिहीबार क्यामरुनको सामना गर्दैछ ।
स्विट्जरल्यान्डले अल जानुब स्टेडियममा अफ्रिकी टोली क्यामरुनको सामना गर्नेछ । समूह 'जी' मा रहेको दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
स्विट्जरल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन । तर, हरेक संस्करणमा नकआउट चरण पुग्दै आएको छ । स्विट्जरल्यान्डले हालसम्म तीन पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ ।
क्यामरुनविरुद्ध मैदान उत्रदा स्विट्जरल्यान्ड जितको योजनामा हुनेछ । तर, नौलो प्रतिद्वन्दीविरुद्ध स्विट्जरल्यान्डलाई सहज हुनेछैन ।
क्यामरुन विश्वकपमा सबैभन्दा धेरै पटक छनोट हुने अफ्रिकी राष्ट्र हो । कतार विश्वकप उसको आठौं सहभागिता हुनेछ।
क्यामरुन यस पटक उत्कृष्ट नतिजा निकाल्ने योजनामा रहेको छ । त्यसैले पहिलो खेलमै क्यामरुन महत्वपूर्ण ३ अंक जोड्न चाहन्छ ।
हेड टु हेड -
स्विट्जरल्यान्ड र क्यामरुनबीच यो पहिलो प्रतिस्पर्धा हो । यस अघि दुई टोलीले एक अर्काविरुद्ध खेलेका छैनन् ।
सम्भावित सुरुआती-११
स्विट्जरल्यान्ड - यान सोमर, रिकार्डो रोड्रिग्वेज, निको इल्भेदी, म्यानुअल एकान्जी, सिल्भान विडमर, डिब्रिल सो, ग्रानिट झाका, रेमो फ्रुलर, रुबेनभेर्गास, ब्रील एम्बोलो, शेर्दान शाकिरी
क्यामरुन - आन्द्रे ओनाना, नोहौ टोलो, निकोलस एन'कोउलो, जीन चार्ल्स कास्टेलेटो, कोलिन्स फाई, कार्ल टोको एकाम्बी, मार्टिन होन्ग्ला, ओलिभिएर न्चाम, ब्रायन एम्बेउमो, एरिक म्याक्सिम मोटिङ, भिन्सेन्ट अबुबाकर
प्लेयर्स टु वाच -
यस खेलमा स्विट्जरल्यान्डका ग्रानिट झाका र क्यामरुनका एरिक म्याक्सिम मोटिङ प्लेयर्स टु वाचमा रहने छन् ।