काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज बिहीबार उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ ।
उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
उरुग्वे एसियाली प्रतिद्वन्दीलाई हराउँदै सुखद सुरुआतको योजनामा रहेको छ । समूह 'एच' मा रहेको उरुग्वेसँग स्टार र नयाँ खेलाडीको साथ रहने छ ।
उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता खेलाडीसहित मैदान उत्रनेछ ।
यता, दक्षिण कोरिया पनि उरुग्वेलाई पहिलो खेलमा स्तब्ध बनाउन चाहन्छ । जारी विश्वकपमा एसियाली राष्ट्रले ठुला टोलीलाई हराउदै आएको छ । कोरिया पनि त्यहिँ लक्ष्यमा हुनेछ ।
दक्षिण कोरियासँग सन ह्युङ मिन लगायत युरोपियन क्लबमा खेल्दै गरेका खेलाडीको साथ रहेको छ ।
हेड टु हेड -
उरुग्वे र दक्षिण कोरियाबीच हालसम्म आठ खेल भएको छ । जसमा उरुग्वेले ६ खेल जितेको छ । दक्षिण कोरियाले १ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
उरुग्वे - सर्जियो रोचेट , गुइलेर्मो भारेला, डिएगो गोडिन, जोसे जेमेनेज, माथिस ओलिभेरा, रोड्रिगो बेन्टानकुर, माटियास भेसिनो, फेडेरिको भाल्भर्डे, जियोर्जियन डी एरास्केटा, लुइस सुआरेज, डार्विन नुनेज
दक्षिण कोरिया - किम सेउङग्यु, किम मुनहवान, किम योङगवान, किम मिन्जाए, किम जिन्सु, जुङ वु योङ, ह्वाङ इनबिओम, ली जेसुङ, ह्वाङ हेचन, सन ह्युङ मिन, ह्वाङ उइजो
प्लेयर्स टु वाच -
यस खेलमा उरुग्वेका लुइस सुआरेज र दक्षिण कोरियाका सन ह्युङ मिनलाई प्लेयर्स टु वाचमा राखिएको छ ।