काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार वेल्स र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'बी' मा रहेको वेल्स र इरानबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
इरानविरुद्ध मैदान उत्रदा वेल्स पहिलो जितको खोजीमा हुनेछ । ६४ वर्षपछि विश्वकप खेलिरहेको वेल्स ऐतिहासिक जित निकाल्न चाहन्छ ।
वेल्स पहिलो खेलमा अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
इरान पनि पहिलो जितको योजनामा हुनेछ ।
पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६-२ ले पराजित भएको थियो ।
वेल्स १ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
इरान पुछारमा रहेको छ ।
हेड टु हेड -
इरान र वेल्सबीच अहिलेसम्म मात्र १ खेल भएको छ । १९७८ मा भएको मैत्रीपूर्ण खेलमा वेल्सले १-० को जित निकालेको थियो ।
सम्भावित सुरुआती-११
वेल्स - हेनेसी, मेपहम, रोडोन, डाभिस, रोबर्ट्स, एलन, अम्पाडु, विलियम्स, जेम्स, बेल, मोरे
इरान - एच होसेन, मोहरामी,पौरालीगान्जी. चेश्मी, एम होसेन, मोहमादी,जाकनबख्श, नोरोल्लाही, करिमी, घोल्जादेश, तारेमी
प्लेयर्स टु वाच -
यस खेलमा वेल्सका ग्यारेथ बेल र इरानमा मेहेदी तारेमी प्लेयर्स टु वाचमा रहने छन् ।