रोनाल्डोको कीर्तिमान, पोर्चुगललाई अग्रता
बिहिबार, मंसिर ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
कतारमा जारी विश्वकप अन्तर्गत अहिले जारी घानाविरुद्धको खेलमा पेनाल्टीबाट गोल गरेपछि रोनाल्डोले फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले ६५ औं मिनेटमा गोल गरेका हुन् ।
उनले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा समेत गोल गरेका थिए ।
रोनाल्डोको कीर्तिमानपोर्चुगललाई अग्रता













