काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ए' मा रहेका दुई टोलीबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।
दुबै टोली लगातार दोस्रो जितको योजनामा रहेका छन् । दुबै टोली लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान बनाउने योजनामा छन् ।
नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो ।
हेड टु हेड -
दुई टोलीबीच यो तेस्रो भिडन्त हो । तर, मुख्य प्रतियोगितामा दुई टोली पहिलो पटक भिड्न लागेका हुन् ।
यस अघिको दुई भेटमा एक खेल नेदरल्यान्ड्सले जितेको छ । एक खेल भने बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती - ११
नेदरल्यान्ड्स - नोपेर्ट, टिम्बर, भान डाइक, एके, डुमफ्रिएस, बेर्घुइस, डी जोङ, ब्लाइन्ड, गाक्पो, मेम्फिस, बर्जविन
इक्वेडर - गालिन्डेज, प्रेसिआडो, टोरेस, हिनकापी, इस्टुपिनान, मेन्डेज, प्लाटा, सियासेडो, सार्मिन्टो, इस्ट्राडा, इब्रा
प्लेयर्स टु वाच -
यस खेलमा नेदरल्यान्ड्सका मेम्फिस डिपे र इक्वेडरका माइकल इस्ट्राडा प्लेयर्स टु वाचमा रहने छन् ।