बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पल्सर स्पोर्टस् अवार्डलाई केल्मीको साथ

बिहिबार, २३ जेठ २०७६खेलपाटी संवाददाता
पल्सर स्पोर्टस् अवार्डलाई केल्मीको साथ
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्टस् अवार्डसंग अन्तर्राष्ट्रिय ब्राण्ड केल्मी नेपाल जोडिएको छ ।

आगामी असार तेस्रो साता आयोजना हुने अवार्डका लागि केल्मी नेपाल सहप्रायोजकको रुपमा जोडिएको हो ।

मञ्च र केल्मीको नेपालमा आधिकारिक बिक्री वितरक कामारु ट्रेडिङ प्रालिबीच बिहिबार सम्झौतामा हस्ताक्षर भएको छ । मञ्च र केल्मीले तीन बर्षको लागि सम्झौता गरेको हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङका म्यनेजिङ डिरेक्टर उत्तम न्यौपानेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासंगै अवार्डको आधिकारिक पोसाकका रुपमा केल्मी रहनेछ । अब केल्मी नेपालले मञ्चलाई आवश्यक पोसाक उपलब्ध गराउने छ । केल्मीले अवार्डका लागि २०० टिसर्ट र विभिन्न विधामा मनोनित खेलाडीका लागि ३० थान ट्रयाक सुट उपलब्ध गराउनेछन् ।

यस्तै मञ्चले टेलिभिजन लाइभ पार्टनरको रुपमा एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण गरेको छ । मञ्चका अध्यक्ष सुवेदी र एभिन्युज टिभीका सिईओ समृद्धि राज कर्णिकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासंगै अवार्ड कार्यक्रम एभिन्युज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड असार १७ गते आयोजना हुनेछ ।  मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ । 

यस पटक पिपल्स च्वाइस अवार्डसंगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक,  पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।

यस्तै यस वर्ष एक नयाँ विधा थप गरिएको छ । थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।

मञ्चले पिपुल्स च्वाइस अवार्ड विधाका लागि ५ खेलाडी मनोनित गरिसकेको छ  । यस अवार्डका लागि मनोनित हुनेमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि