भियतनाममा नेपालका डिविजलाई दुई स्वर्ण
शुक्रबार, जेठ १७, २०७६खेलपाटी संवाददाता

काठमाडौं । भियतनाममा सम्पन्न जिउ-जित्सु नो जी इन्टरनेसनल क्लब च्याम्पियनसिपमा नेपालमा खेलाडी डिविज पियाले दुई स्वर्ण पदक जितेका छन् ।
भियतनामको हो चि मिन शहरमा भएको च्याम्पियनसिपमा डिविजले पुरुष ७० केजी तौल समूह र ओभरल खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् । खुल्ला समूहमा स्वर्ण जित्ने क्रममा डिविजले आफूभन्दा ७ इन्ज अग्लो र ३० केजी तौल बढी भएका सर्बियाका खेलाडीलाई पहिलो राउण्डमै नकआउट गरेका थिए ।
थाइल्याण्डको स्टान फोर्ड युनिभर्सिटीमा एमबिए अध्यनरत ललितपुरका डिविजले बैंककको ब्राजिलियन जिउ-जित्सु स्पोर्ट्स क्लबबाट प्रतिनिधित्व गरेका थिए ।










-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
