काठमाडौं । विकास र समृद्धि सहित नयाँ सरकार गठन भएको सय दिन पछि युवा तथा खेलकुद मन्त्रालयले सय दिने कार्ययोजनाको प्रगति सार्वजनीक गरेको छ । खेलकुद मन्त्रालयले यस अवधिमा मन्त्रालय मातहतका निकायको पुर्नसंरचना गर्दै सय दिनको अवधिमा प्रतिबद्धता अनुरुप धेरै काम सफल भएको दाबी गरेको छ ।
मन्त्रालयले खेल क्षेत्रको विकासका लागि पुर्वाधार विकास र खेलाडी प्रोत्साहनका कार्य अगाडी बढाउन सफल भएको र क्रिकेट र फुटबल संघको विवाद समाधानमा सफलता प्राप्त भएको दाबी गरेको छ ।
मन्त्रालयले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न राष्ट्रिय रंगशाला निर्माणको लागि जग्गा पहिचान र प्राप्तिको कार्य अगाडी बढाईएको र १३ औ एशियाली खेलकुद र आठौ राष्ट्रिय खेलकुदका लागि पुर्वाधार विकासमा बजेटको अभाव हुन नदिने समेत प्रतिबद्धता सय दिने उपलब्धीमा दोह¥याएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता महेन्द्र पौड्यालले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, सय दिने कार्ययोजना कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले महत्वपुर्ण सफलता हासिल गर्न सकेको छ ।