बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफले स्वर्ण जितेको छ । विभागीय टिम आर्मीलाई हराउँदै एपीएफले महिला स्पर्धामा स्वर्ण जितेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
टाईब्रेकरमा विभागीय टिम एपीएफले बाजी मारेको थियो । उसले आर्मीलाई ५–३ गोल अन्तरले हराएको थियो ।
महिला स्पर्धाको काँस्य पदक पुलिसले हात पा¥यो । उसले सडनडेथमा प्रदेश ३ लाई हराउँदै तेस्रो स्थान हात पारेको थियो ।