बाँके । त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।
बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो ।
नेपालगञ्ज रंगशालामा आर्मीलाई जित दिलाउन विकास तामाङले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ४५ औं मिनेटमा विकासले निर्णायक गोल गरे ।
फाइनलमा पराजित हुँदा पुलिसले रजत हात पार्यो । एपीएफ क्लबले कांस्य पदक जित्यो ।