लमही । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ क्लबले स्वर्ण पदक हात पारेको छ ।
मंगलबार भएको फाइनलमा प्रदेश १ लाई ८७ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको छ ।
लमहीमा एपीएफले दिएको १२९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १९ ओभर ४ बलमा अलआउट हुँदै ४१ रन मात्र बनाउन सक्यो ।
प्रदेश १ का लागि रश्मी शर्मा चौलागाइले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । एपीएफका लागि सीता राना मगर, सरिता मगर, रितु कनौजियाले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर खेल्दै १२८ रन बनाएर अलआउट भएको थियो ।
एपीएफका लागि ज्योती पान्डेले सर्वाधिक ४५ रन बनाइन । यस्तै सिता राना मगरले ४१, इन्दु बर्माले १२ रन र ममता चौधरीले ११ रन बनाएका थिए । प्रदेश १ का लागि रुबिना क्षेत्री, सबनम राई र संगीता राईले समान ३/३ विकेट हात पारेका थिए ।